चितवन, २२ मंसिर– चितवनमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राप्ती नगरपालिका–२ गड्यौलीका २८ वर्षीय सन्दीप रुवाली छन् ।
प्रहरीका अनुसार हेटौंडाबाट नारायणघाटतर्फ आउँदै गरेको म.प्र.०३–००१ ख०५५५ नम्बरको भ्यानले पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती–१ पिप्लेमा राति ११ बजेति रठक्कर दिएको प्रहरीले जनाएको छ ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका रुवालीलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।