काठमाण्डु, २१ मंसिर– प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
राष्ट्रपतिको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली शुक्रबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन् ।
ओलीले राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । यस्तै उपचारमा कुनै कमी हुन नदिन त्रिवि शिक्षण अस्पतालका अधिकारी र चिकित्सकलाई निर्देशन दिए ।
उनले राष्ट्रपतिको उपचारमा संलग्न चिकित्सकसँग उपचार र स्वास्थ्य अवस्थाबारे विवरण माग गरेका थिए । चिकित्सहरुले राष्ट्रपतिको अवस्था सामान्य रहेको जानकारी प्रधानमन्त्री ओलीलाई गराए ।
राष्ट्रपतिको केही दिनअघि सोही अस्पतालमा प्रोस्टेटको शल्यक्रिया गरिएको थियो ।
यसैबीच अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका छन् ।