काठमाण्डु, २१ मंसिर– एमाले सचिव रघुवीर महासेठले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा भएको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’, (बीआरआई) सम्बन्धी सहमतिलाई दिएर भारतले अन्यथा मान्न नहुने बताएका छन् ।
राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा महासेठले बीआरआईबाट नेपालले मात्र नभई भारतले समेत लाग लिने बताए । बीआरआईअन्तर्गत रेल बन्दा त्यसबाट भारतले पनि सामान बोक्ने उनको भनाइ थियो ।
‘बीआरआईबाट भारत तर्सनुपर्ने काम छैन’, उनले भने, ‘नेपालमा कनेक्टिभिटिको विकास भयो भने नेपालको बाटो भारतले प्रयोग गर्न मिल्दैन र ?’ महासेठले प्रश्न गरे ।
केरुङ–काठमाण्डु र काठमाण्डु–रक्सौल रेल बन्दा नेपाललाई भन्दा बढी फाइदा भारतलाई हुने दाबी उनको छ । चीनबाट भारतले महिनौं लगाएर ल्याउने गरेको सामान केरुङ–काठमाण्डु रेलमार्ग बनेको अवस्थामा एकै दिनमा भारत पुग्ने तर्क महासेठले गरे ।
‘भारत यसकारण पनि बीआरआईबाट तर्सिुनुहुँदैन कि नेपाल–चीन रेल चल्दा एकै दिनमा चीनबाट सामान भारत पुग्छ’, महासेठले भने । महासेठले बीआरआईमा सम्झौता भएसँगै नेपालमा विकासको ढोका खुलेको जिकिर गरे ।