काठमाण्डु, २१ मंसिर– पूर्वप्रेमिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीको साइबर ब्युरोले शुक्रबार रौतहट चन्द्रपुर नगरपालिकाका ३९ वर्षीय कृष्णप्रसाद अधिकारीलाई पूर्वप्रेमिकाको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।
व्युरोको एसपी भाग्येन्द्र पुरूष ढकालले अधिकारीले फेसबुकमा कुराकानी गर्ने क्रममा आदानप्रदान भएका गोप्य तस्बिर पीडितका आफन्त र साथीहरूलाई पठाएर चरित्र हत्या गरेका हुन् ।
पीडितको उजुरीका आधारमा अधिकारीलाई पक्राउ गरिएको एसपी ढकालले जानकारी दिए ।