चुनाव र चीन भ्रमणको समीक्षा गर्न सचिवालय बैठक बोलाउँदै एमाले

काठमाण्डु टुडे २०८१ मंसिर २१ गते १७:१४ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– सत्ताको प्रमुख घटक दल नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाउने तयारी गरीएको छ ।

एमालेले स्थानीय तह उपनिर्वाचन, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण लगायतका विषयमा समीक्षा गर्न बैठक बोलाउने तयारी गरीएको एमाले उच्च स्रोतले जानकारी दिएको छ ।

गएको १६ मंसरमा भएको स्थानीय तह उपनिर्वाचनको नतिजा सार्वजनिक भैसकेको छ ।

कीर्तिपुर नगरपालिकाको मेयर र काठमाण्डु महानगर– १६ सहित उपनिर्वाचन हुने आधा बढी स्थान जित्ने आन्तरिक विश्लेषण गरे पनि एमालेको उक्त विश्लेषण फेल भएको छ ।

कीर्तिपुरसहितका स्थानमा पराजित भएपछि निर्वाचन परिणामबारे पार्टीमा गम्भीर समीक्षा हुनुपर्ने नेताहरूले बताउँदै आएका छन ।

एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले दुई तीन दिनभित्रै बस्ने गरी बैठक बोलाउने तयारी भएको बताए ।

‘ठ्याक्कै मिति तोकिएको छैन, तर एक दुई दिनभित्र बैठक बोलाउने तयारी छ’, अधिकारीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us