काठमाण्डु, २१ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा उत्तराधिकारी आफूले घोषणा गरेर नहुने बताएका छन ।
आज (शुक्रबार) कोशी प्रदेश सम्मेलनका लागि विराटनगर पुगेका बेला सभापति देउवाले सञ्चारकर्मीले सोधेको प्रश्नको जवफ दिँदै यस्तो बताएका हुन । तपाईंको उत्तराधिकारी गगन थापा हो ?
भनी पत्रकारले सोधेको प्रश्नमा देउवाले भने, ‘उत्तराधिकारी कहाँ घोषणा गरेर हुन्छ ?’ संविधान संशोधनको प्रसंगमा देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्न सकिने पनि बताका छन ।
उनले भने, ‘उपराष्ट्रपतिको भूमिका छैन । उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिन्छ कि भन्ने कुरा हो ।’ प्रधानमन्त्री केपी शर्मा ओली चीन गएको बेला बीआरआईमा ऋण लिने सहमति नभएको उल्लेख गर्र्दै देउवाले ओलीलाई धन्यवाद दिए ।
नेता शेखर कोइराला पक्षले गरेको भेलाका बारेमा सोधिएको प्रश्नमा देउवाले आफूलाई जानकारी नभएको बताएका छन ।