३५ किलो गाँजासहित अटो नियन्त्रणमा

काठमाण्डु टुडे २०८१ मंसिर २१ गते १३:४६ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– प्रहरीले सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजारबाट करिब ३५ किलोग्राम गाँजासहितको एक आटोलाई नियन्त्रणमा लिएको छ ।

विराटनगरबाट चिम्डीतर्फ आउँदै गरेको को १ ह ९३३३ नम्बरको अटोबाट सशस्त्र प्रहरी बल, नेपाल विओपी साहेवगंजको चेकप्वाईन्ट टोलीले गाँजा फेला पारेपछि बिहीबार अटो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

अटोरिक्साका चालक सशस्त्र प्रहरीलाई देख्नासाथ अटो सोही ठाउँमा छाडी फरार भएको र नियन्त्रणमा लिइएको अटो र गाँजा आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us