काठमाण्डु, २१ मंसिर– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा माओवादी स्पष्ट रहेको बताएको छन ।
आज (शुक्रबार) सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले यस्तो बताएका हुन । उनले अहिलेको निर्वाचन प्रणाली नै अस्थिरताको मुख्य जड रहेकाले निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी प्रणालीमा सुधारका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन ।
सांसद सापकोटाले दलहरूबिच सहमति जुटे संसदबाट र सहमति जुट्न नसके जनतामाझ गएर राजनीतिक मुद्दा बनाई निर्वाचन प्रणाली सुधारमा जोड दिनुपर्ने बताएका छन ।
सापकोटाले माओवादीले आफ्नो स्पष्ट धारणा राख्दा पनि संविधान संशोधनमा सरकारको नेतृत्व गरेकाले कुनै चासो नदिने पनि बताएका छन ।
उनले प्राप्त भइरहेका अधिकार कटौती गर्न माओवादी सहमत नरहेको तर अग्रगमनका लागि हुने संविधान संशोधनमा तयार नै रहेको पनि बताएका छन ।