रविमाथि प्रतिरोध नै साधियो भन्ने लाग्छः बाबुराम भट्टराई

काठमाण्डु टुडे २०८१ मंसिर २१ गते १२:४५ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन् । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई कास्की पुगेर भट्टराईले भेट गरेका हुन् ।

भेटपछि उनले लामिछानेमाथि राज्यले प्रतिशोन नै साधेको देखिएको उल्लेख गरे । उनले भने, ‘जुन किसिमले उहाँलाई एकपछि अर्को दुख दिने काम भएको छ, यो अल्लि अस्वाभाविक र अन्यायपूर्ण देखिन्छ ।

त्यसैले उहाँको अवस्थाबारे जानकारी लिऊँ भनेर भेटेको हो । उहाँले पनि आफूमाथि राजनीतिक प्रतिशोध नै भएको बताउनुभयो । घटनाक्रमले पनि त्यस्तै देखाउँछ । ’

सहकारीसँग सम्बन्धित समस्याको जारो धेरै फैलिएको पनि उनले बताएका छन । सत्तारुढ दलकै नेताको वरिपरि सहकारीको रकम धेरै अपचलन भएको भन्दै उनले बचतकर्ताको समस्या समाधान पनि नगर्ने र नयाँ शक्तिहरूलाई पनि तर्साउने काम भएको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us