
काठमाण्डु, २१ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लाई भेट्न कास्की पुगेका छन् ।
आज (शुक्रबार) बिहान पूर्व प्रधानमन्त्री भट्टराई कास्की जिल्ला प्रहरी कार्यालय पुगेका रास्वपा नेता दीपक बोहराले जानकारी दिएका छन । लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।
लामिछानेलाई बुधबार मध्यरातमा चितवनबाट कास्की ल्याइएको भन्दै प्रहरीको आलोचना भइरहेको छ । हिरासतमा लामिछानेको अवस्थाबारे जानकारी लिन पूर्वप्रधानमन्त्री भट्टराई कास्की पुगेको स्रोतले जानकारी दिएको छ ।