नेपाल आइपुगे भुटानी राजा जिग्मे

काठमाण्डु टुडे २०८१ मंसिर २१ गते ११:४१ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज शुक्रबार काठमाण्डु आइपुगेका छन् । उनी आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट गरेका राजा जिग्मेले स्वम्भु र बौद्धको दर्शन गर्दै छन् ।

उनले आज स्वयम्भूको दर्शनका लागि जाने स्रोतले जानकारी दिएको छ । उनी स्वयम्भूबाट दर्शनका लागि बौद्ध जाने बताइएको छ । दुवै ठाउँको दर्शनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएर आफ्नो देश भुटान फर्किने कार्यक्रम रहेको स्रोतले जनाएका छ । भुटानी राजाको सुरक्षा तथा अन्य सेवा सुविधाको व्यवस्था नेपाल सरकारले गरेको बताइएको छ ।

भुटानी राजा नेपाल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था बुधबारदेखि कडा बनाइएको छ । उनी नेपालमा रहँदासम्म कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us