गृहमन्त्री रमेश लेखकका नक्कली पीए पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर २० गते २१:०५ मा प्रकाशित

काठमाण्डु, २० मंसिर । गृहमन्त्री रमेश लेखकका नक्कली स्वकीय सचिव पक्राउ परेका छन् ।

बैतडी भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्ट पक्राउ परेका हुन् । उनलाई धुम्बाराहीबाट पक्राउ गरिएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार विष्टले गृहमन्त्रीको पीए हुँ भन्दै प्रहरी प्रशासनसहित विभिन्न निकायमा फोन गर्ने गरेका थिए ।

नक्कली पीएले प्रहरी नेतृत्वलाई समेत विभिन्न स्वार्थका लागि अनावश्यक दबाब दिन थालेपछि गृहमन्त्री लेखकको सचिवालयले पनि विष्टलाई पक्राउ गर्न भनेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us