काठमाण्डु, २० मंसिर– प्रहरीले सर्बियामा आकर्षक तलब पाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको लिखुतामाकोसी गाउँपालिका–३ बिजुलीकोट घर भई काभ्रेको बनेपा नगरपालिका–९ नयाँबस्ती बस्ने ३४ वर्षीय उखिल बम्जन र कैलालीको टिकापुर नगरपालिका-१ घर भई हाल काठमाडौंको महानगरपालिका–१० बुद्धनगरमा बस्ने २६ वर्षीय कमल रावल रहेको प्रहरीले जानकारी दिएको छ ।
बम्जनलाई काठमाण्डु–९ पिङ्गलास्थानबाट बुधबार र रावललाई ताहाचालबाट बिहीबार पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
बम्जनले पीडितसँग १ लाख ४० हजार र रावलले १ लाख ५० हजार रुपैयाँ असुली गरेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।