बालुवाटारमा बीआरआई फ्रेमवर्क कार्यदलको बैठक

काठमाण्डु टुडे २०८१ मंसिर २० गते १७:४३ मा प्रकाशित

काठमाण्डु, २० मंसिर– बीआरआई फ्रेमवर्क कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा सुरु भएको छ ।

बैठक आज बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ ।

बैठकमा बेइजिङमा बीआरआई फ्रेमवर्कमा भएको हस्ताक्षरबारे समीक्षा हुने बताइएको छ ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र सेमन्त दाहाल तथा एमालेको तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक तथा विकास मामिला सल्लाहकार युवराज खतिवडा छन् ।

यो कार्यदलले बीआरआई फ्रेमवर्क तयार गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us