काठमाण्डु, २० मंसिर– प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान अधिकृत भन्दै कर्मचारीलाई धम्की दिने गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–१४ कुलेश्वरमा इन्द्रेणी हार्डवयर सञ्चालन गर्दै आएका ३१ वर्षीय रोशन चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई अख्तियारकै टोलीले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको छ ।
बुधबार साँझ पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको जिम्मा लगाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन ।
चौधरीमाथि अनुसन्धान अघि बढाइएको ललितपुर प्रहरीका प्रवक्ता तथा एसपी नवरन्त पौडेलले जानकारी दिएका छन ।
उनले राजश्व अनुसन्धान कार्यालय पथलैया, बाराका कर्मचारीलाई समेत धम्की दिएको खुलेको छ ।