चीनसँग ऋण लिन बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको होइनः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ मंसिर २० गते १६:०८ मा प्रकाशित

काठमाण्डु, २० मंसिर– नेकपा (एमाले)का अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीले चीनसँग ऋण लिन बीआरआई फ्रेमवर्कमा हस्ताक्षर नभएको बताएका छन ।

आज बिहिबार चारदिने चीन भ्रमण पूरा गरी स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन ।

प्रधानमन्त्री ओलीले विआरआई अन्तर्गतका परियोजना ऋणका रूपमा लिने गरी हस्ताक्षर नगरेको पनि बताएका छन । प्रधानमन्त्री ओलीले भने, ‘अस्ति मैले आमसभादेखि नै ऋण लिन जाने होइन भनेको थिएँ ।

ऋणबारे कुरा पनि चलेन । बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयनका क्रममा छुट्टै छलफल गर्छौँ । हामीले प्राप्त गरेको कुरा ऋण होइन । कुरा पनि चलेको पनि छैन, सधैँ किन ऋण, ऋण, यो सारङ्गी किन बजेका छ ?’

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लीगायतसँगको छुट्टाछुट्टै भेटवार्ता भएको भन्दै ती भेटवार्तामा दुई पक्षीय हितका बारेमा कुराकानी भएको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us