काठमाण्डु, २० मंसिर– मकवानपुरको हेटौँडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ गोल्पिङटार बस्ने ५८ वर्षीय मन्ताज मिया रहेका छन ।
बुधबार दिउँसो आफ्नै घरको तला थप्नको लागि पिल्लरको काम भइरहेको अवस्थामा फलामको रड घरतर्फ ल्याउने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको सीएमसी चुरेहिल अस्पताल हेटौँडामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।