काठमाण्डु, २० मंसिर– इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन भएको छ । इतिहासकार राणाको आज बिहीबार भर्खरै निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । उनी प्रेसर लो भएर अस्पताल भर्ना भएका थिए र उनको आज उपचारको क्रममा निधन भएको हो ।