चितवनमा रास्वपाको खबरदारी सभा

काठमाण्डु टुडे २०८१ मंसिर २० गते १३:२४ मा प्रकाशित

काठमाण्डु, २० मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) ले आज बिहीबार चितवनमा खबरदारी सभा आयोजना गरेको छ ।

पार्टी सभापति रवि लामिछानेलाई रातारात पोखरा लैजानु मानव अधिकारकोविरुद्ध रहेको र बुधबार भएको झडपमा प्रहरीले दमन गरेको लगायत विषयमा आज खबरदारी सभा आयोजना गरीएको रास्वपाले जनाएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेलाई पोखराबाट काठमाण्डु र मंगलबार चितवन ल्याइ प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लामिछानेलाई पुन म्याद थप गरेपछि पर्सा लैजाने प्रहरीको तयारी छ । लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध पर्साबाट पक्राउ पुर्जी जारी भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us