जाजरकोटमा जिप दुर्घटना, दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर २० गते ८:१३ मा प्रकाशित

जाजरकोट, २० मंसिर– मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कार्कीगाँउबाट कुदुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ३०१०२ च ४७१९ नम्बरको बोलेरो जिप बुधबार राति दुर्घटनामा परेको जाजरकोट प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कैलालीका २५ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुन हमाल रहेको जाजरकोट प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश तिमिल्सिेनाले जानकारी दिए ।

उनीहरु स्याली बजारमा मध्यपहाडी लोकमार्ग स्तरोन्नतिको काममा संलग्न मजदुर रहेको प्रहरीको भनाइ छ ।

दुर्घटनाम घोराही उपमहानगरपालिका–८ दाङका कमल चौधरी घाइते भएका छन् । गम्भीर घाइते उनलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us