काठमाण्डु, १९ मंसिर– प्रधानमन्त्री केपी ओलीले आज चीनको बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा मन्तव्य दिँदै लागेका छन् । ओलीले ‘नेपाल–चीन समबन्धका विविध आयाम’ शीर्षकमा मन्तव्य दिनेछन् ।
ओलीले नेपाल उद्योग वाणिज्य महासंघ र ‘चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड’ द्वारा संयुक्त रूपमा आयोजना गर्ने नेपाल–चीन व्यापार मञ्चलाई पनि आजै सम्बोधन गर्ने कार्यक्रम छ ।
ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिmङसँग शिष्टाचार र प्रधानमन्त्री ली छ्याङबेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गरेका थिए ।
दुई प्रधानमन्त्रीबीचको भेटमा पारस्परिक सहयोग आदानप्रदानसम्बन्धी ९ समझदारीपत्रमा हस्ताक्षर भएको थियो । तर, बहुचर्चित ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) बारे संयुक्त वक्तव्यमा केही उल्लेख छैन ।
दुई प्रमुख सत्ता घटक काँग्रेस र एमालेले बीआरआई अन्तर्गतका परियोजना ऋणमा नभई अनुदानमा दिने भए मात्र स्वीकार गर्ने गरी ‘बीआरआई प्रेम वर्क’ सम्बन्धी समझदारी गरेका थिए । तर, चीनले बीआरआई परियोजनामा अनुदान दिने नीति नभएको भन्दै नेपालको पस्ताव अस्वीकार गेरको छ ।
दुवै भेटपछि नेपाल–चीन १२ बुँदे समझदारी समेटिएको संयुक्त वक्तव्य जारी गरिएको छ । ८७ सदस्यीय जम्बो टोलीसहित सोमबार चीन गएका ओली बुधबार स्वदेश फर्कनेछन् ।