सरकारले बढायो पेट्रोलको भाउ

काठमाण्डु टुडे २०८१ मंसिर १६ गते ९:१० मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– सरकारले पेट्रोलको मूल्य बढाएको छ ।

नेपाल आयल निगमले आज बिहानबाट लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँका दरले बढाएको हो ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्य वृद्धि गरिएके निगमले जनाएको छ ।

काठमाण्डु, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ १ सय ६० रूपैयाँ प्रतिलिटर पर्नेछ ।

अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियमको मूल्य घटबढ हुने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us