पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डु टुडे २०८१ मंसिर ४ गते १७:५४ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर– जिल्ला अदालत काठमाण्डुले जापान मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशी प्रदेश सरकारका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

अदालतले मंगलबार उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमा प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन ।

मानव तस्करी आरोपमा विराटनगरबाट पक्राउ परेका उनीमाथि काठमाण्डु प्रहरीले अनुसन्धान गरिरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us