चेक बाउन्स मुद्दामा एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर ३ गते १५:२१ मा प्रकाशित

काठमाण्डु, ३ मंसिर– प्रहरीले चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका एक जनालाई पक्राउ गरेको छ ।

चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका काभ्रेपलाञ्चोकको तेमाल घर भई हाल काठमाण्डु महानगरपालिका–४ बस्ने सत्यमान लामालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला अदालत काठमाण्डुले ०८० चैत २७ गते दुई वर्ष कैद र रु ३० लाख बिगो तथा रु ३० लाख जरिवाना सजाय हुने फैसला गरेपछि फरार रहेका लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन ।

पक्राउ परेका लामा बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका तथा ०७५ मा किसानको बुद्धचित्त लुटपाट गरेको आरोपमा पनि उनी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us