झाँक्री प्रकाश भुजेल र मृतक परिवारबिच सहमति, शव उठाइँदै

काठमाण्डु टुडे २०८१ मंसिर ३ गते १४:२७ मा प्रकाशित

काठमाण्डु, ३ मंसिर– झाँक्री प्रकाश भुजेल र ब्रम्हखेलमा उनले चलाएको ल्यान्ड क्रुजर जिपको ठक्करबाट मृत्यु भएका दम्पतीको परिवारबिच सहमति भएको छ ।

गएको २८ कार्तिकमा काठमाण्डुको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा झाँक्रीले चलाएको जिपले ठक्कर दिँदा कागेश्वरी मनोहरा–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो ।

मृतक परिवार र भुजेल पक्षको बिचमा सहमति भएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिएका छन । दुर्घटनापछि झाँक्रीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाण्डुको हिरासतमा राखिएको छ । झाँक्रीले चलाएको बा.१९ च २६९५ नम्बरको गाडीले नारायण नगरकोटीको दम्पती सवार बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

नगरकोटी दम्पतीको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । नगरकोटीका दुई जना बच्चा छन् । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us