काठमाण्डु,२ मंसिर– आज आइतबार फ्रन्ट लाइन अस्पतालमा उपचारको क्रममा निधन भएका पूर्वसभामुख दमननाथ ढुंगानाको सोमबार मात्र अन्त्येष्टि गरिने भएको छ ।
वेलायतमा रहेका छोरा फर्किन समय लाग्ने भएकाले सोमबार दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनका छोरा डा. निमेष ढुंगाना म्यानचेस्टर युनिभर्सिटीमा अध्यापन गर्छन् । ढुंगानाका अर्का छोरा निशेष र छोरी नीतिका भने नेपालमै छन् ।
उनको शव आइतबार त्रिवि शिक्षण अस्पतालमा राखिने भएको छ । नेपाली कांग्रेस, संघीय संसद सचिवालय र नेपाल बार एशोसिएसनमा ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिन प्रस्ताव आए पनि कतै नराखिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
कलेजोसम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३ वर्षका ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको थियो । वरिष्ठ अधिवक्ता ढुंगाना ०४८ सालदेखि ०५१ सम्म सभामुख भएका थिए ।