दमननाथको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त

काठमाण्डु टुडे २०८१ मंसिर २ गते १७:२२ मा प्रकाशित

काठमाण्डु,२ मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वसभामुख दमननाथ ढुंगानको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनताले देशको राजनैतिक तथा सामाजिक परिवर्तनमा उनले पुर्याएको योगदानलाई सदैव सम्झिरहने बताएका छन् ।

अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘नेपालको लोकतान्त्रिक आन्दोलनका महत्त्वपूर्ण व्यक्तित्व, पूर्व सभामुख, मानव अधिकार तथा नागरिक आन्दोलनका अगुवा आदरणीय दमननाथ ढुङ्गानाको निधनको खबरले दुःखी बनाएको छ, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us