काठमाण्डु,२ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामि १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा जिल्ला समन्वय समितिबाहेक ४२ वटै पदमा उम्मेदवारी दर्ता गराउने भएको छ ।
आज (आइतबार) पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै रास्वपा नेता गणेश पराजुलीले अवरोध र धम्की आउने डरले उम्मेदवारहरूको नामावली सार्वजनिक नगरेको तर आजै ५ बजे सबै उम्मेदवारको नाम सार्वजनिक गर्ने जानकारी दिएका छन ।
पत्रकार सम्मेलनमा रास्वपाले आफ्नो पार्टीका उम्मेदवार तथा समर्थकहरूलाई धम्क्याउने तथा आक्रमण गर्ने गरेकाले उपनिर्वाचन स्वतन्त्र र निष्पक्ष हुनेमा आशंका लागेको पराजुलीले बताएका छन ।
उनले लोकतन्त्रको मूल्य र मान्यताविपरित भइरहेका सरकारी पक्षका गैरक्रियाकलापको पार्टीले निन्दा गरेको पनि बताएका छन।