काठमाण्डु,२ मंसिर– सार्क राष्ट्र श्रीलंकामा नेशनल पिपुल्स पावर (एनपीपी) नेतृत्वको गठबन्धनले दुई तिहाइ बहुमत पाएकोमा नेकपा एमालेले खुशी साटेको छ ।
एमाले महासचिव शंकर पोखरेलले बक्तव्य जारी गर्दै श्रीलंकाको संसदीय चुनावमा वाम पार्टीले अभूतपूर्व सफलता पाएकोमा खुशी प्रकट गरेका छन् । महासचिव पोखरेलको बक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टी श्रीलंकामा कम्युनिष्ट पार्टीले निर्वाचनमा हासिल गरेको यस अपूर्व सफलताप्रति खुशी प्रकट गर्दछ’ ।
एनपीपी गठबन्धनले श्रीलंकाको संसदीय चुनावमा २२५ मध्ये १५९ सिट जितेको छ । यसअघि संसदमा एनपीपीको ३ सिट मात्र थियो । तर केही समय सम्पन्न राष्ट्रपति निर्वाचनमा एनपीपीका अनुरा कुमार देशनायके राष्ट्रपति निर्वाचित भएका थिए ।
लगत्तै उनको पार्टीले संसदमा पनि दुई तिहाइ बहुमत प्रप्त गर्न सफल भएको हो ।