सिम्रौनगढ नगरपालिकाका प्रशासकीय अधिकृत ७८ लाख घूससहित पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक ३० गते १३:५४ मा प्रकाशित

बारा, ३० कात्तिक– बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानु घूससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई ७८ हजार घूससहित शुक्रबार पक्राउ गरेको हो ।

अख्तियार प्रवक्ता नरहरि घिमिरेले बिल भुक्तानीबापत सेवाग्राहीसँग घूस मागेको उजुरीका आधारमा साहलाई पक्राउ गरिएको बताए ।

पक्राउ परेका साहलाई भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ३ को उपदफा (१) को कसुरमा घूस रकम बराबरको बिगो दाबीसहित विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us