क्यासिनो घूस काण्डः सांसद् बजगाईंविरुद्ध मन्त्री पाण्डेले दिए उजुरी

काठमाण्डु टुडे २०८१ कार्तिक ३० गते १३:४७ मा प्रकाशित

काठमाण्डु, ३० कात्तिक– संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पार्टीकै सांसद् राजेन्द्र बजगाईंविरुद्ध पार्टीमा उजुरी दिएका छन् ।

गोरखा–१ बाट काँग्रेसका तर्फबाट निर्वाचित सांसद बजगाईंले आफूविरुद्ध निराधार प्रचार गरेको भन्दै कारबाहीको माग गरेर पाण्डेले पार्टी केन्द्रीय कार्यालय सानेपामा उजुरी दर्ता गराएका हुन् ।

पार्टी अनुशासन समिति र संसदीय दलको कार्यालयमा बजगाईंविरुद्ध उजुरी दिइएको मन्त्री पाण्डेको स्वकीय सचिवालयले जनाएको छ । काँग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीले मन्त्री पाण्डेको उजुरी आएको जानकारी दिए ।

बजगाईंले केही दिनअघि सामाजिक सञ्जालमार्फत मन्त्री पाण्डेले भैरहवामा क्यासिनो सञ्चालनको अनुमति दिँदा घूस खाएको आरोप लगाएका थिए ।

पाण्डेले पार्टीभित्रकै स्वार्थी समूहले आफूविरुद्ध निराधार प्रचार गरेको भन्दै पुष्टि भए एक मिटेन पनि पदमा नबस्ने दाबी गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us