पाल्पा, ३० कात्तिक- पाल्पाको रामपुर नगरपालिका–५ भम्बकमा एक पुरुष मृत फेला परेका छन् ।
स्थानीय २४ वर्षीय रामु काफ्ले घरनजिकै मृत फेला परेका हुन् ।
पाल्पा प्रहरीका सूचना अधिकारी डीएसपी सुनिल मल्लले काफ्ले घर नजिकै गोबर ग्यासको सेफ्टिक ट्यांकीमाथि अचेत अवस्थामा फेला परेको र उद्धार गरी उपचारका लागि रामपुर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको बताए ।