राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाण्डु टुडे २०८१ कार्तिक ३० गते १२:०४ मा प्रकाशित

काठमाण्डू, ३० कात्तिक- राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता भएका छन् । 

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप-२९ मा भाग लिन राष्ट्रपति पौडेल गत २५ कात्तिकमा अजरबैजानको बाकु प्रस्थान गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायतले विमानस्थलमा स्वागत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us