रवि लामिछानेलाई बुटवलबाट पोखरा लगिँदै

काठमाण्डु टुडे २०८१ कार्तिक ३० गते ८:४५ मा प्रकाशित

बुटवल, ३० कात्तिक– सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेलाई आज कास्की लगिने भएको छ ।

३ कात्तिकदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटर्वकमा अपचलन भएको विषयमा बयान लिन मंगलबार पोखराबाट भैरहवा लगिएको थियो ।

उनीसँग जिल्ला सरकारी वकिल र प्रहरीले तीन दिनसम्म लगातार बयान लिएका थिए । बयानका क्रममा लामिछानेले सहकारीको रकम गोर्खा मिडियामा लैजान आफ्नो भूमिका नहरेको बताएका छन् ।

लामिछानेसँग मंगलबार ५ घण्टा, ८ घण्टा र बिहीबार झन्डै १० घण्टा गरी २३ घण्टा बयान लिइएको छ । त्यस क्रममा उनलाई कून ७४ वटा प्रश्न गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । ती सबै प्रश्नमा उनले सहकारीको रकम अपचालनबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रूपैयाँ लामिछानेको नाममा र १४ करोड २९ लाख रूपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा लामिछाने, सुप्रिम सहकारी र गोर्खा मिडियाका अध्यक्ष जितेन्द्रबाबु ९जिबी० राई, गोर्खा मिडियाका सदस्य प्रहरीका पूर्वडिआईजी छविलाल जोशीसहित १२ जनालाई अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला अदालत रूपन्देहीले गत ८ कात्तिकमा अनुमति दिएको थियो । राई फार छन् भने कास्की प्रहरीकै हिरासतमा रहेका जोशीलाई पोखराबाट रुपन्देही ल्याएर यसअघि नै बयान लिइसकिएको छ ।

लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन् । रुपन्देही प्रहरीकी डीएसपी लक्ष्मी खनालले लामिछानेलाई बुद्ध एयरको बिहान ७ः४० को उडानबाट पोखरा लैजाने तयारी भए पनि विमानस्थलको भिजिबिलिटी कम भएका कारण जहाज उड्न ढिला भएको जानकारी दिइन् । मौसममा सुधार हुने बित्तिकै उनलाई पोखरा पठाइने खनालले बताइन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा संलग्न रहेको आरोपमा लामिछानेलाई गत २ कात्तिकमा पक्राउ गरी सोही दिन पोखरा लगेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us