दार्चुला जिप दुर्घटनामा मृतकको संख्या ८ पुग्यो

काठमाण्डु टुडे २०८१ कार्तिक ३० गते ८:०२ मा प्रकाशित

काठमाण्डु, ३० कात्तिक– दार्चुलामा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

म१ज३३८ नम्बरको जिप बिहान ४ बजेतिर शैल्यशिखरनगरपालिका–६ बकजेबलामा दुर्घटना भएको थियो ।

यसअघि ६ जनाको मृत्यु भएकामा उद्धारका क्रममा थप दुई जनाको शव भेटिएको दार्चुला प्रहरीका डीएसपी प्रकाश दाहालले जानकारी दिए । प्रहरीका अनुसार मृतक कसैको पनि सनाखत भएको छैन ।

दुर्घटनामा चालकसहित अरु ४ जना गम्भीर घाइते भएका छन् । उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय मालिकार्जुन मन्दिरमा लागेको यात्रामा सहभागी भएर गोकुलेश्वर फर्किएका १६ जना जिपमा सवार थिए । डीएसपी दाहालका अनुसार जिप सडकबाट तीन सय मिटर तल खसेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us