दार्चुला, ३० कात्तिक- दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
म१ ज३३८ नम्बरको बोलेरो जिप शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा शुक्रबार बिहान ४ बजेतिर दुर्घटना भएको दार्चुला प्रहरीले जनाएको छ ।
दार्चुला प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।
अप्ठेरो भिरमा जिप खसेकाले घाइतेको उद्धारमा कठिनाई भएको उनले बताए । जिपमा सवार अन्य ७ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किएका यात्रु दुर्घटनामा परेका हुन ।