काभ्रे, २९ कात्तिक– काभ्रेको पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
बा२ख २२०२ को मिनी ट्रक बिहीबार साँझ पाँचखाल नगरपालिका–१३ कोसीदेखाको बिले डाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले दुर्घटनामा मृत्यु हुनेमा मिनी ट्रक चालक ४० वर्षीय कुमार रोक्का र स्थानीय २७ वर्षीय निकेश रोक्का रहेको जानकारी दिइन् ।
उनका अनुसार बालुवा बोकेर आउँदै गरेको ट्रक अचानक ब्रेक फेल भएर दुर्घटना भएको हो ।