कामबिहीन रवि लामिछानेलाई जिवीका चलाउन जागिर दिएको थिएँः ओली

काठमाण्डु टुडे २०८१ कार्तिक २९ गते १८:४५ मा प्रकाशित

काठमाण्डु, २९ कात्तिक– प्रधानमन्त्री केपी ओलीले रवि लामिछानेको उदयमा आफ्नो हात रहेको दाबी गरेका छन् ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कनक्लेभ–२०२४ मा वक्ता रहेका ओेलीले बिहीबार लामिछानेलाई ‘रवि बाबु’ का नामले सम्बोधन गरे ।

उनले लामछिाने र उनका दलका कसैले पनि लोकतन्त्र ल्याउन भूमिका नखेलेको पनि बताए ।

अघिल्लो कार्यकालमा प्रधानमन्त्री भएका बेला लामिछानेलाई नेपाल टेलिभिजनमा ‘जनतासँग प्रधानमन्त्री’ नामको कार्यक्रम आफैंले चलाउन लगाएको उल्लेख गरे ।

उनले लामिछाने जबलेस (कामबिहीन) भएका बेला आफूकहाँ आएको र आफूले नेपाल टेलिभिजनमा जबको व्यवस्था गरेको उल्लेख गरे । आफू प्रधानमन्त्रीबाट हटेपछि प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डले उक्त कार्यक्रमबाट हटाइदिएपछि लामिछाने न्यूज–२४ टेलिभिजनमा गएर ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाएको स्मरण गरे ।

‘रवि बाबु बजलेस भएर हिंडिरहेका बेला म कहाँ आउनुभयो । मलाई कुनै जब दिनुपर्यो म अप्ठेरोमा परें । मैले के जानेको छु भन्दा मेरो बोल्ने कला छ । मैले पनि कला होला भन्ठानें । म पत्रकारिता गर्न सक्छु भने । त्यसो भए म बाबुकै लागि एनटिभीमा एउटा प्रोग्राम राख्छु । ‘सिधा कुरा प्रधानमन्त्रीसँग भन्ने प्रोग्राम राख्छु । त्यसको पैसा पनि एनटिभीलाई दिनुपर्दैन । विज्ञापन बजाएर बिजीका चलाउनुस भनेपछि महिनामा दुई÷चार लाख ८ १० लाख उठाएर बिजीका चलाए । म प्रधानमन्त्रीबाट हटेपछि प्रचण्डजी आउनुभयो । उहाँले हटाइदिएपछि न्यूज–२४ के के भन्ने टेलिभिजनमा गएर ‘सिधा कुरा प्रधानमन्त्री’ भन्ने कार्यक्रम चलाउनुभयो । नेपाल भेटिभिजनमा हुँदा बसेर कराउनुहुन्थ्यो । २४ मा गएपछि उठेर उफ्रीउफ्री कराउन थाल्नुभयो । त्यो कराउने कला उहाँले एनटिभीमा सिकेको हो ।’

ओलीले अदालतका न्यायाधीशलाई मेरो पक्षमा फैसला गर्नु भन्दै नधम्क्याउन र प्रदर्शन नगर्न लामिछानेलाई चेतावनी दिए । लोकतन्त्रमा कोही पनि धम्कीसँग नडराउने उनको भनाइ थियो ।

आफ्नो काजक्रिया गर्ने, शंख बजाउने जस्ता क्रियाकलाप गरिएको भन्दै ओलीले आपत्ति जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us