भक्तपुरमा लुटपाटका लागि वृद्धाको हत्या

काठमाण्डु टुडे २०८१ कार्तिक २९ गते १७:५८ मा प्रकाशित

काठमाण्डु, २९ कात्तिक– भक्तपुरमा मृत भेटिएकी वृद्धाको हत्या सम्पत्ति लुटपाट गर्ने उद्देश्यले भएको प्रहरीले निस्कर्ष निकालेको छ ।

भक्तपुर नगरपालिका–३ दरबार स्क्वायर इचुगल्लीमा ९४ वर्षीया विष्णुकुमारी त्वयनाको शव बुधबार बिहान हात खुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो ।

वृद्धाका अरु परिवार सूर्यविनायकमा बस्ने गरेको र घरमा वृद्धा एक्लै बस्दै आएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरमा डीएसपी ढुण्डीराज नेउपाने नगद र सुनचाँदीको लोभमा हत्या भएको हुन सक्ने आशंका रहेको बताए ।

तर, वृद्धासँग कति नगद वा गरगहना थियो भन्ने नखुलेको उनको भनाइ छ । नेउपानेले तालिमप्राप्त कुकुरको सहयोगमा घटनाको अनुसन्धान भइरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us