काठमाण्डु, २९ कात्तिक– सरकार नतृत्वकर्ता एमाले महासचिव शंकर पोखरेलले आवश्यक कानून निर्माण नगरिएका कारण संघीयताको कार्यान्वयन पक्ष कमजोर भएको बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले राजधानीमा गरेको कान्तिपुर कन्क्लेभ– २०२४ अन्तर्गत ‘निर्वाचनमा सुधारः नीति कि प्रवृत्ति’ शीर्षक सत्रमा बिहीबार उनले सरकारकै कारण संघीयता कमजोर भएको स्वीकार गरे ।
संघीय निजामती ऐन, प्रहरी ऐन र शिक्षा ऐनजस्ता आधारभूत कानून हालसम्म बन्नै नसकेको र बनेका कानूनमा पनि पर्याप्त कमजोरी रहेको उनले औंल्याए ।
संघीयतालाई बलियो र प्रभावकारी बनाउन निर्वाचन कानूनमा सुधार मात्र पर्याप्त नहुने भन्दै उनले प्रणालीमै संघीयताको संरचना बलियो बनाउनुपर्ने उल्लेख गरे ।
संघीय संसद्ले कानून निर्माण गर्दा प्रदेशहरूलाई प्राकृतिक स्रोतका हिसाबले कमजोर बनाइएको टिप्पणी उनले गरे ।