नुवाकोटकी वृद्धा माछापोखरीमा मृत फेला

काठमाण्डु टुडे २०८१ कार्तिक २९ गते १२:०७ मा प्रकाशित

काठमाण्डु, २९ कात्तिक– नुवाकोटकी एक वृद्धा काठमाण्डुमा मृत फेला परेकी छन् ।

विदुर नगरपालिका–२ की ७४ वर्षीया बेली बालाजु माछापोखरीमा मृत फेला परेकी हुन् ।

सुकुम्बासी बस्ती रहेको टहरमा विकको शव भेटिएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us