प्रहरीले धनराज गुरुङसँग लियो ‘बयान’

काठमाण्डु टुडे २०८१ कार्तिक २८ गते १८:३० मा प्रकाशित

काठमाण्डु, २८ कात्तिक– प्रहरीले कांग्रेसका उप सभापति धनराज गुरुङलाई मितेरी सहकारी ठगीबारे सोधपुछ गरेको छ ।

गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर घटना विवरण कागज गराएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिएका छन ।

ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा सहकारीका सञ्चालक ज्योति गुरुङ सहित ५ जना विरुद्ध जाहेरी परेको थिय । ज्योति गुरुङ धनराजकी पूर्वपत्नी हुन् ।

उनीहरूको बिचमा ०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भएको भेटिएको छ ।

प्रहरीले गुरुङसँग सहकारीबाट लिएको ९१ लाख ऋण र सहकारीको रकम अपचलनमा पत्नी संलग्न देखिएपछि सम्बन्ध विच्छेद गरेको बारे सोधपुछ गरेको छ ।

अनुसन्धान अधिकृतहरूसँग गुरुङले मितेरी सहकारीले आफ्नो घर र परिवार क्षतविक्षत बनाएको बताएका छन् ।

उनले भनेका छन्– ‘मितेरी सहकारीले मेरो घर र इज्जत सबै खाइदियो । धनराजले मितेरीबाट लिएको ऋण घर बेचेर तिरेको बताएका छन् ।

उनकी पत्नी गुरुङ र अर्का आरोपी ज्योति भण्डारी विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us