स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक २८ गते १७:४५ मा प्रकाशित

काठमाण्डु, २८ कात्तिक– प्रहरीले स्रोत नखुलेको नगद १९ लाख रूपैयाँ सहित जनकपुरबाट ३ जनालाई पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका–१२ कुवारामपुर बजारबाट उनीहरुलाई मंगलबार दिउँसो स्रोत नखुलेको नगद १९ लाख रूपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत बिहार राज्य मधुबनी चाना हरलाखी ग्राम पञ्चायत हरलाखी–८ बस्ने २६ वर्षीय विष्णु देव यादव, धनुषा जनकपुर उपमहानगरपालिका–४ बस्ने २८ वर्षीय रमेश साह, धनौजी गाउँपालिका–७ भररिया टोल बस्ने २० वर्षीय रवि पासवान रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१२ प ६४३ नम्बरको मोटरसाइकलमा सवार विष्णु देवलाई उक्त नगद सहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न रमेश र रविलाई समेत पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us