काठमाण्डु, २८ कात्तिक– प्रहरीले लमजुङबाट भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको क्व्होलासोथार गाउँपालिका–९ छापागाउँबाट अवैध भरुवा बन्दुकसहित पक्राउ परेका ५० वर्षीय मङ्गले परियारलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
प्रहरीलाई प्राप्त विशेष सूचना र सुराकीको आधारमा प्रहरी चौकी गिलुङ लमजुङबाट खटिएको टोलीले निजलाई आइतबार पक्राउ गरेको थियो ।
घर नजिक जङ्गलको भिरमा लुकाई छिपाइ राखेको अवस्थामा एकनाले भरुवा बन्दुकसहित परियालाई आइतबार पक्राउ गरी आवश्यक सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिएका छन ।
परियारमाथि जिल्ला अदालतबाट मङ्गलवार सात दिनको म्याद थप गरी हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा थप अनुसन्धान गर्न थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।