रवि लामिछानेको बयान जारी

काठमाण्डु टुडे २०८१ कार्तिक २८ गते १७:२२ मा प्रकाशित

काठमाण्डु, २८ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग रुपन्देहीमा बयान जारी रहेको छ।

जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देही बयान अझैसम्म जारी रहको रुपन्देही एसपी रञ्जितसिह राठौरले जानकारी दिएका छन ।

उनले सरकार वकिलको कार्यालयमा बयान जारी रहकोले कति सकिन्छ टुङ्गो नभएको जानकारी दिएका छन ।

उनले रविलाई आज कास्की पठाउने सम्भावना कम रहेको बताएका छन । बुटवलको सुप्रिम सहकारी बचत ठगी गरेको आरोपमा हिजो कास्कीबाट रुपन्देही ल्याएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us