जनसभाको तयारी गर्न एमालेले राजन भट्टराईको संयोजकत्वमा ११ सदस्य समिति बनायो

काठमाण्डु टुडे २०८१ कार्तिक २८ गते १६:३१ मा प्रकाशित

काठमाण्डु, २८ कात्तिक– सत्ता घटक दल एमालेले आगामी ७ मंसिरमा काठमाण्डुमा जनसभा गर्दै छ ।

एमालेले गर्ने उक्त जनसभाको तयारीका लागि संयोजन समिति गठन गरेको छ । एमालले बागमती प्रदेश इन्चार्ज राजन भट्टराईको संयोजकत्वमा ११ सदस्य समिति बनाइएको छ ।

समितिको सहसंयोजकमा कैलाश ढुंगेल, सदस्यहरु टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, तिक्षिज थेबे, समिक बडाल र जनन चौधरी रहेका छन ।

उपचुनाव केन्द्रीत गरेर एमालेले संघीय राजधानी काठमाण्डुका सभा गर्दैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us