काठमाण्डु, २८ कात्तिक- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेका छन् ।
सरकारको ठाडो दबाब झेल्न नसकेपछि डेडिकेटड र ट्रंक लाइनको विद्युत महसुल नतिरेका कारण लाइन काटिएका उद्योगमा विद्युत जोडेलगत्तै उनले पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।
प्राधिकरण केन्द्रीय कार्यालयमा अपराह्न २ बजे आयोजित पत्रकार सम्मेलनमा घिसिङले केही नयां घोषणा गर्ने अनुमान गरिएको छ ।
गत आइतबारको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन महसुल बक्यौता विवादमा विद्युत् आपूर्ति बन्द गरिएका उद्योगमा लाइन जोड्न निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा प्राधिकरण सन्चालक समिति बैठकले मंगलबार लाइन जोड्ने निर्णय गरेको थियो । घिसिङ अन्तिमसम्म बक्यौता नउठाई लाइन जोड्न नहुने अडानमा थिए ।