महिला पुजारी मन्दिरको ढोकामै मृत फेला

काठमाण्डु टुडे २०८१ कार्तिक २८ गते ९:३३ मा प्रकाशित

सुर्खेत, २८ कात्तिक– सुर्खेतको देउतीबज्यै मन्दिरकी पुजारी मृत फेला परेकी छन् ।

५० वर्षीया पुजारी सरस्वती राजी मन्दिरको मुलढोकामा बुधबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

उनी वीरेन्द्रनगर नगरपालिका–११ की स्थायी बासिँदा हुन् । सुर्खेत प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माले मृत्युको कारणबारे अनुसन्धान थालिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us