काठमाण्डु, २६ कात्तिक– स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले अख्तियार पूर्व कर्मचारीको क्लब बनेको बताएका छन ।
सोमबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले अख्तियार पूर्व कर्मचारीको क्लब बनेको र त्यो रहेसम्म पार नलाग्ने बताएका छन ।
सिंहले प्रम कार्यालयको पैसा उठाउने ठाउँ सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान कार्यालय बनेको समेत बताएका छन ।
उनले भने, ‘प्रम कार्यालय भ्रष्टाचारको मूल जड बनेको छ । अख्तियार आफैँ भ्रष्टाचारको अखडा बनेको छ ।’
उनले भ्रष्टाचार गरेको विषय ढाकछोप गर्न कर्मचारीहरूको अख्तियारमा सरुवा हुने गरेको समेत आरोप समेत लगाएका छन ।