काठमाण्डु, २६ कात्तिक– जाजरकोटको बाउसे खोला भन्ने ठाउँमा फेरी अर्काे जिप दुर्घटनामा परेको छ । बिहान ११ बजेतिर बारेकोटबाट सदरमुकाम खलङ्गा आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जिप नलगाड नगरपालिका–४ को बाउसे खोलाको जिरो प्वाइन्टमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जानकारी दिएको छ ।
दुर्घटनामा तीन जना घाइते भएको र उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको प्रहरीले जानकारी दिएको छ । गाडी बिच सडकमा पल्टिएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।
यस्तै केही बेरअघि जाजरकोटकै कुदुमा फोर्स गाडी दुर्घटनामा १७ जना घाइते भएका थिए ।